सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ ।
हाल बैंकमा कायम रहेको संस्थापक तर्फको शेयर स्वामित्वमध्ये २.४१ प्रतिशत घटाउने भएको हो ।
बैंकमा हाल ५३.४१ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेकोमा घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । यस्तै बैंकमा हाल सर्वसाधारण तर्फ ४६.५९ प्रतिशत रहेको शेयर स्वामित्व बढेर ४९ प्रतिशत कायम हुनेछ ।
बैंकले शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको छ ।
संस्थापकतर्फको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा निवेदन दिनसमेत कम्पनीले भनेको छ ।
बैंकले संस्थापक शेयरधनीले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पर्क गर्न पनि भनेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया