असी लाख रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न एक पक्राउ

0
Shares

नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट ८० लाख रूपैयाँ सहित कोटेश्वर बस्ने बाग्लुङका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाो थियो ।

अनुसन्धानको क्रममा मगरको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाउको छ ।

उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धीकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।