एलआईसी र यूनाइटेड इन्सयारेन्समा सञ्चालक नियुक्त

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र यूनाइटेड इन्स्योरेन्स कम्पनीमा सञ्चालकहरु नियुक्ती भएका छन् ।

एलआईसीले प्रविन कुमार मोलरीलाई स्वतन्त्र सञ्चालकको रुपमा र यूनाइटेड इन्सयारेन्स कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट राज रिमाललाई सञ्चालक नियुक्त गरेको हो ।

भारतीय जीवन बीमा निगमले स्वतन्त्र सञ्चालक भी.के. कुकरेजाको पदावधि समाप्त भएपछि असोज १३ गतेदेखी लागू हुनेगरी प्रविन कुमारलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालक मनोनयन गरी पठाएको थियो ।

एलआईसीको असोज १४ (इ.स. ३० सेप्टेम्बर, २०२१) गतेको सञ्चालक समितिको सर्कुरल रिजोलुसनद्धारा उक्त मनोनयन अनुमोदन भएको थियो ।

त्यसैगरी यूनाइटेड इन्स्योरेन्सको असोज २५ गते बसेको संचालक समितिको बैंठकलले कम्पनीका संस्थापक सि.जि फड्स (नेपाल) लि. को तर्फबाट राज रिमाललाई नियुक्त गरेको कानून प्रमुख अनिल गुरागाँइले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।