चौतारी लघुवित्तले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र १०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

जस अनुसार कम्पनीले १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको बोनस शेयर तथा २ करोड २ लाख ६४ हजार २१० रुपैयाँ नगद वितरण गर्नेछ ।
हाल चौतारी लघुवित्तको चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ २ पैसा छ ।