ज्योति लाइफले ६६ करोडको आईपिओ पारित गर्न बोलायो साधारण सभा

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपिओ जारी गर्ने लगायतका प्रस्ताव पारित गर्न असोज १२ गते पोखरामा साधारण सभा आह्वान गरेको हो।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपिओ जारी गर्नेछ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ ।

साधारणसभाले कम्पनीको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र संचालक समिति तथा उप समितिका सदस्यहरुको बैठक भत्ता र अन्य सुविधाहरु पुनरावलोकन गर्ने लगायत प्रस्तावहरु रहेका छन् ।