सर्पोट लघुवित्तले घोषणा गर्यो आकर्षक लाभांश

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस तथा १.५७८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ छ । जस अनुसार लघुवित्तले १ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

लघुवित्तले अघिल्लो वर्ष लाभांश वितरण गरेको थिएन । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।