सिद्धार्थ बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश

0
Shares

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ छ। जस अनुसार बैंकले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।