एनआईसी एशिया बैंकले घोषणा गर्यो लाभांश

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बाेनस वितरणपछि बैंककाे चुक्त्ता पूँजी १३ अर्ब २९ कराेड ८६ लाख रूपैयाँ पुग्नेछ ।

बैंकले अघिल्लो आवमा भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ बैंकले वितरण गरेको लाभांश इतिहास:-

NICA Fiscal Year Cash Dividend Bonus Share Right Share
1 076-077 1.00% 19.00%  
2 075-076 11.05% 10.00%  
3 074-075 0.53% 10.00%  
4 073-074 1.05% 20.00%  
5 072-073 1.37% 26.00% 100:15:00
6 071-072 2.05% 39.00% 4:01
7 070-071 15.00% 15.00%  
8 069-070 20.00%    
9 068-069 25.00%    
10 067-068 20.00%    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।