प्राइम लाइफ र नेशनल लाइफलाई लाभांशको बिषयमा नेप्सेले सोध्यो स्पष्टीकरण

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्ससँग स्पष्टीकरण सोधेको छ ।

यी दुई कम्पनीले लाभांश सम्बन्धी निर्णयको सम्पूर्ण जानकारी नगराएपछि नेप्सेले तीन दिने स्पष्टिकरण सोधेको हो । दुवै कम्पनीले बिहिबार लाभांश घोषणा गरेका थिए ।

नेप्सेले प्राइमलाई कुन आर्थिक बर्षको लाभांश नखुलाउनुको कारण सोधेको छ भने नेशनललाई लाभांश घोषणा गर्न बसेको संचालक समितिको बैठकको समय किन उल्लेख नगरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

प्रकाशित मिति: २० भदौ २०७६, शुक्रबार  २२ : ०७ बजे