नेपाल बंगलादेश बैंक (NBB) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारितको एजेण्डा सहित मंसिर २ गते साधारण सभा डाकेको छ। 
बैंकको साधारण सभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकले १२ प्रतिशत बोनस शेयर र बाँकी नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकको साधारण सभा मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा राखेको छ । सो सभा बिहान ११ बजे अनलाइनको माध्यमबाट सञ्चालन हुनेछ ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १४ गते अाइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ छ। बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया