मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

0
Shares

 

मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो ।

चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।