मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको पहिलो त्रैमासमा २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३.३३ प्रतिशतले बढेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५८.६२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा २१.६१ रुपैयाँ रहेकोमा ३७.०१ रुपैयाँले बढेको हो ।
लघुवित्तको जगेडा कोषमा ४१ करोड १७ लाख ८७ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९४.६५ रुपैयाँ, कोषको लागत ७.२९ प्रतिशत, खराब कर्जा अनुपात २ प्रतिशत, र मूल्य आम्दानी अनुपात २५.७४ गुणा छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब १३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४६ करोड ६ लाख रुपैयाँ सापटी लिएर ८ अर्ब ११ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको लघुवित्तको निक्षेप ३७.०८ प्रतिशत, सापटी ९२.७३ प्रतिशत, कर्जा लगानी ७४.५० प्रतिशत, चुक्ता पूँजी ८.१३ प्रतिशत,जगेडा कोष १७०.७६ प्रतिशतले बढेको छ ।
यस्तै लघुवित्तको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशत बढेर १३ करोड ३३ लाख ५८ हजार र सञ्चालन मुनाफा १९३.३३ प्रतिशत बढेर १० करोड १२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया