एनआईसी एशिया लघुवित्तको बुकक्लोज कार्तिक २३ गते

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था (NICLBSL) ले मंसिर ५ गते आह्वान गरेको चौथो वार्षिक साधारण सभाका लागि कार्तिक २३ गते मंगलबार बुकक्लोज गर्ने भएको छ ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम संस्थाको शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने व्यवस्तथा अनुसार कार्तिक २२ गते सोमबारसम्म कायम लघुवित्तका शेयरधनीले मात्रै लाभांश रसाधारण सभामा सहभागि हुन पाउनेछन् ।

लाभांश पारित गर्न लघुवित्तले धरान व्याकेट, धरान–१३, सुनसरीमा ंसिर ५ गते आइतबार चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुुक्ता पूँजी १ अर्ब ७३ करोडको ५.४१ प्रतिशत बराबरले हुन आउने ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधराण शेयरधनीहरुबाट २ जना गरी ६ जना सञ्चालकहरु समेत चयन गर्ने एजेण्डा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।