सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा २ करोड ७३ लाख ८५ हजार रुपेयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको पहिलो त्रैमासमा १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालु आवको यसै अवधिमा २.१७ गुणाले नाफा बढाएको हो । खराब कर्जा असुली वृद्धि भएसँगै नाफा उच्च बढेको हो ।
बिहीवार सार्वजनिक वित्तीय विवरण अनुसार असोजसम्ममा लघुवित्तले बैंक तथा वित्तीय संस्थासँग ५९ करोड ५४ लाख सापटी तथा ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख छ भने जगेडामा १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४४ लाख ८ हजार पुगेको छ । ५३ लाख सञ्चालन नाफा आर्जन गरेको लघुवित्तको कम्पनी व्यवस्थापनले ३ करोड ८० लाख ७७ हजार खराब कर्जा उठाउन सफल भएपछि नाफा बढ्न टेवा पुगेको हो ।
चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ं३५ रुपैयाँ छ । खराब कर्जा अनुपात ३.१२ प्रतिशत र कोषको लागत ७.१५ प्रतिशत छ । कम्पनीको जगेडा कोषमा १२ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले गत असोज ११ गते ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र लघुवित्तको आईपीओ बिक्रीमा आउनेछ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया