सिटिजन्स बैंकको साधारणसभा असोज १० गते, लाभांश पारित र चार सञ्चालक चयन गर्ने

0
Shares

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश लगायतका एजेण्डा पारित गर्न असोज १० गते वार्षिक साधारणसभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैंकले गत बर्षको कमाईबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले १ अर्ब ४५ करोड २७ लाख ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

साथै साधारणसभाले बैंकका ४ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।