उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको १७३औं बैठकले ३२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तको सञ्चित मुनाफा एवं वितरण योग्य पुँजीगत जगेडाकोषबाट उक्त बोनस सेयर दिने भएको हो ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ। ३२ प्रतिशतका दरले ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ४ पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया