एनएमबि लघुवित्तको २२.६३ प्रतिशत लाभांश घोषणा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको कार्तिक ११ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।