नेपाल पुनर्बीमाका अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको शपथ

0
Shares

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट अध्यक्ष घिमिरेले शपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्को कात्तिक ८ गते बसेको बैठकले डा. घिमिरेलाई नेपाल रि इन्स्योरेन्स कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बीमा विषयमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् । उनले समय समयमा बीमाका विषयमा लेख तथा विश्लेषण सञ्चार माध्यमहरुबाट सार्वजनिक गर्दै आइरहेका छन् ।

घिमिरेसँग बीमा क्षेत्रमा राम्रो ज्ञान भएकाले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर स्वामित्व छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।