के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ ? यसो भन्छ अध्ययन

0
Shares

लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ।

यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन् ।

ती मध्ये ५ देखि११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन्। केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् । तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७८, शनिबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।