पोखरा फाइनान्स लिमिटेड (PFL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ५४ पैसा कायम गरेको छ ।
चुक्ता पूँजी ९६ करोड ३१ लाख ४५ हजार रहेको फाइनान्सको इपिएस गत आवको तुलनामा १८ पैसा बढेको हो ।
न्यून नाफाका कारण फाइनान्सको मूल्य आम्दानी अनुपात १०९२ गुणा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४०.८४ रुपैयाँ छ । फाइनान्सको जगेडा कोषमा ३० करोड ९४ करोड र शेयरधनी कोषमा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा फाइनान्सले ८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
असोजसम्ममा फाइनान्सले ९ अर्ब ९ करोड ८३ लाख निक्षेप संकलन गरी ६ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप १.२४ प्रतिशत र कर्जा १६.४७ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी २२।९७ प्रतिशत बढेर १ करोड ४८ लाख ५० हजार र सञ्चालन नाफा ५६.११ प्रतिशत बढेर १८ लाख ५३ हजार रहेको छ ।
फाइनान्सको खराब कर्जा २.०७, कोषको लागत ६.२३, र आधार ब्याजदर ८.४७ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया