कुमारी बैंकले तीन महिनामा कमायो ५४ करोड खुद नाफा, सीडी रेसियो ९२% माथि

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ३.६५ रुपैयाँले घटेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५.६० रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १९.२५ रुपैयाँ रहेको थियो ।

आइतबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५५ अर्ब १८ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ५२ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट बैंकले १ अर्ब २८ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ७६ करोड ९४ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९३ करोड ८६ लाख र शेयरधनी कोषमा १ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ र शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ३१.८८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा शेयरधनी कोष ६.२३, निक्षेप संकलन ६.४१, कर्जा लगानी ९.७० प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी २.१९, सञ्चालन नाफा १०.५८ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.८२, कोषको लागत ५.४६, आधार ब्याजदर ७.८८, स्पेडदर २.७१, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९२.१३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३८.५६ रुपैयाँ , मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।