लुम्बिनी विकास बैंकको खुद नाफा ९० प्रतिशत बढ्यो

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा ९०.८० प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५१ करोड १ लाख रुपैयाँ ९४३ करोड ५० लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब १ करोड ९८ लाख तथा शेयरधनी कोषमा ५१ करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहेको छ भने जगेडा कोष ५.९४ प्रतिशत, निक्षेप ०.५० प्रतिशत र कर्जा ९.१८ प्रतिशत बढेको छ । यस्तै खुद ब्याज आम्दानी ३३.७१ प्रतिशत, सञ्चालन मुनाफा ८३.४० प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकले ३३ करोड ३६ लाख ६२ हजार रुपैयाँ खुद ब्इाज आम्दानी र २९ करोड २७ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.८९ रुपैयाँ बढेर २९.३४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात १.३१, प्रतिशेयर नेटवर्थ १८७.०५ रुपैयाँ, कोषको लागत ६.६०, आधार ब्याजदर ९.०१, सीडी रेसियो ८८.८५, स्पेडदर ४.०४ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.६२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।