पाँचथर पावर कम्पनी र साहस उर्जाको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
लामो समयदेखि दोस्रो बजारमा कारोबार हुँदै आएको पाँचथर पावर कम्पनी र गत बिहीबार नेप्सेमा शेयर सूचीकृत गरी आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुरु भएको साहसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लागेसँगै पाँचथर पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६८.८० रुपैयाँ र साहस उर्जाको ४४५.८० रुपैयाँ पुगेको छ ।
नेप्सेको मार्केट डेप्थमा हेर्दा दुबै कम्पनीको बिक्रीकर्ता शुन्य देखिएका छन् । पाँचथर पावरको शेयरमा २९ हजार ७३२ कित्ता र साहस उर्जाको शेयरमा ३ लाख २५ हजार २२९ कित्ता शेयर खरीद माग रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया