आँखुखोलाको विद्युत बिक्री आम्दानी बढेपनि घट्यो नाफा

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKHCL) को विद्युत बिक्री आय बढेपनि खुद नाफा भने घटेको छ । वित्तीय खर्च बढेका कारण नाफामा गिरावट आएको हो ।

आइतबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ३ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएकोमा २.४८ प्रतिशतले नाफा घटेको हो ।

समीक्षा अवधिमा जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी ३.९१ प्रतिशतले बढेर ८ करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कुल नाफा २.३९ प्रतिशत बढेर ७ करोड २७ लाख ५४ हजार रुपैयाँ छ ।

नाफा घटेपछि जलविद्युत कम्पनीको प्रतिशेयर आम्दानी ४२ पैसा घटेर १६.५१ रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.४१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।