
साधना लघुवित्त वित्तीय संस्था (SDLBSL) को शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २६.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।
कात्तिक १३ गते शनिबार होटल गोरखा बिसौनीमा सम्पन्न भएको सभाले गत आव २०७७।७८ बाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै सभाले संस्थापक समूहबाट कृष्ण बहादुर थापा, डा. नरहरि ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिंहलाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले कृष्ण बहादुर थापालाई अध्यक्ष चयन गरेको छ । नवनिर्वाचित सञ्चालको कार्याकाल आगामी चार वर्षका लागि रहनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया