
हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणमा प्रतिकित्ता अंकित मुल्य ५० रुपैयाँ दरले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर (आइपीओ)को निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
आइतबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपाल लि. को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया