सांग्रिला डेभलपमेन्ट बैंकको खूद नाफामा ७२.७१ प्रतिशतको उछाल

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को खूद नाफामा ७२.७१ प्रतिशतको वृद्धि आएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सांग्रिला बैंकले ३ करोड १५ लाख खूद नाफा आर्जन गरेकोमा त्यो बढेर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ४४ लाख कमाएको छ ।

बैंकको संचालन मुनाफा ३ करोड २० लाख बाट ७ करोड ७७ लाख पुगेको छ । बैंकको संचालन मुनाफा १४२.६३ प्रतिशतले बढेको हो। बैंकको खूद ब्याज आम्दानी ३६ करोड ५० लाख छ ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म सांग्रिला बैंकले ३२ अर्ब बढी निक्षेप संकलन गरी २६ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको यो बैंकले समीक्षा अवधिमा ४७ अर्ब ४० करोड निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षसम्म ६५ करोड ९५ लाखमा सीमित रिजर्बको आकार बढेर ७४ करोड ३३ लाख पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि बैंकको प्रगति भएको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसशेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा इपीएस ४ रुपैयाँ ८४ पैसामा सीमित रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फण्ड ६.८५ प्रतिशत, सीडी रेसियो ८५.२४ प्रतिशत, बेस रेट ९.३४ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु.१३७.२४, पीई रेसियो ४९.७८ गुणा, तरलता अनुपात २१.७२ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १३.०४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।