एनएमबि बैंकको नाफा ४२% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

0
Shares

एनएमबि बैंक (NMB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४२ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले चालु आर्थिक वर्षको असोज महिनासम्मा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको यसै अवधिको भन्दा ४२.४९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीको साथै फि कमिशनमार्फत हुने आम्दानी बढ्दा नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत, फि कमिशन आम्दानी पनि ६०.६९ प्रतिशत तथा सञ्चालन आम्दानी २५.२५ प्रतिशतले बढेको छ । बैंकको वितरण योग्य नाफा ४५ करोड ८४ लाख छ।

हाल १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा छ अर्ब ३३ करोड २९ लाख रुपैयाँ छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि २० रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात १६.०२ गुणा छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप ५.४६ प्रतिशत तथा कर्जा ९.६४ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात १.८५ प्रतिशत, कस्ट अफ फण्ड ५.३२ प्रतिशत, सीडी रेसियो ९१.९७ प्रतिशत, बेस रेट ७.९६ प्रतिशत कायम भएको छ ।।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।