प्राइम कमर्सियल बैंकको आम्दानीको स्रोत सुकेपछि अधिकांश सूचकसँगै नाफा पनि घट्यो

0
Shares

प्राइम कमर्सियल बैंकको लिमिटेड को खुद ब्याज आम्दानी, फि-शुल्क तथा कमिशन आय जस्ता आम्दानीका प्रमुख स्रोतहरुमा संकुचन आउँदा ९ करोड इम्पेरिमेन्ट चार्ज रिर्भस हुँदा समेत नाफा सहित अधिकांश सूचक घटेका छन् ।

बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी, फि शुल्क तथा कमिशन आय, सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, लगायतका सूचकहरु घटेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानीको विस्तार समेत औषत मात्र देखिएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ४.७९ रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.३२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस २९.११ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ८.०८ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

साेमबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५९ अर्ब २२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ४३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ४० करोड १८ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ४० करोड ९० लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड १२ लाख र शेयरधनी कोषमा ३ अर्ब १० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष १३.७६, शेयरधनी कोष ११.८८, निक्षेप संकलन ३.३०, कर्जा लगानी ६.२१ प्रतिशतले बढ्दा बैंकको खुद ब्याज आम्दानी ९.६० र सञ्चालन नाफा २.६७ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.६२, कोषको लागत ६.६२, आधार ब्याजदर ८.२७, स्पेडदर ३.०८, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.२५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५५.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।