एभरेष्ट बैंकले खुद नाफामा ७३% वृद्धि, तीन महिनामा कमायो ५८ करोड

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी, फि कमिसन आय, अन्य सञ्चालन आम्दानी तथा नेट ट्रेडिङ आय ब्दा बैंकको खुद नाफामा आकर्षक बढोत्तरी आएको हो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १०.११ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २५.९२ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १५.८१ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ५७ करोड ५९ लाख ८३ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक २५.७९ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । बैंकको शेयरधनी कोषमा कुल २ अर्ब ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ६३ अर्ब ९४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ९ करोड १९ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ८२ करोड ७३ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६२ करोड ९४ लाख र शेयरधनी कोषमा ३ अर्ब ११ करोड ४४ लाख रुपैयाँ र शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ५.६६ प्रतिशत, शेयरधनी कोष ३१.७३, निक्षेप संकलन २.३२, कर्जा लगानी ६.१३, खुद ब्याज आम्दानी ६.७० र सञ्चालन नाफा ७२.९९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.१३ प्रतिशत, कोषको लागत ४.९७, आधार ब्याजदर ७, स्पेडदर २.६१, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २३४.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.४२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।