नेपाल बङ्गलादेश बैंकको समायोजित शेयरमूल्य ३८० रुपैयाँ

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) को समायोजित शेयरमूल्य ३८०.१८ रुपैयाँ निर्धारण भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर समायोजन गरी कात्तिक १५ गते सोमबार नयाँ मूल्य निर्धारण गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले सोमबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो कारोबार दिन आइतबार कारोबार भएको अन्तिम मूल्य ४२५.८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो । यसअनुसार अब बैंकको शेयर सोमबार प्रतिकित्ता ३८०.१८ रुपैयाँलाई आधार मानेर खुल्नेछ ।

लाभांश पारित गर्न बैंकले मंसिर २ गते बिहीबार रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान ११ बजे सत्ताइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।