सनराइज बैंकको खुद नाफा ४३ करोड माथि, यस्ता छन् अन्य सूचक

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४३ करोड ७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १.०८ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.१६ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १७.०८ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक २.८३ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब २८ अर्ब २७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब १३ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ९२ करोड ३२ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ५८ करोड २१ लख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७२ करोड १२ लाख र शेयरधनी कोषमा ९४ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ०.७७ प्रतिशत, शेयरधनी कोष ५७.८१, निक्षेप संकलन २०.५२, कर्जा लगानी १३.१८, र सञ्चालन नाफा ६.४० प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी भने ०.५१ प््रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.१३, कोषको लागत ६.३०, आधार ब्याजदर ८.४०, स्पेडदर २.४६ र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.६५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५९.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।