ग्लोबल आइएमई बैंकको नाफामा झिनो सुधार

0
Shares

ग्लोबल बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत मात्र धेरै हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै पूँजी वृद्धिको तुलनामा बैंकको नाफा नबढ्दा वार्षिक प्रतिशेयर आम्दानी १.७५ रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.५७ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस २२.३२ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३६ करोड ७८ लाख ७ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ६.८० प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले २ खर्ब ६७ अर्ब ६६ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन तथा २ खर्ब ५१ अर्ब ५१ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७४ लाख र शेयरधनी कोषमा २ अर्ब २५ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ६.८६, कर्जा लगानी ९.८८ प्रतिशत र सञ्चालन नाफा ५.४५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको शेयरधनी कोष २०.८०, निक्षेप संकलन ०.२९, खुद ब्याज आम्दानी ९.८२ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.६२, कोषको लागत ५.०२, आधार ब्याजदर ७.४१, स्पेडदर ३.४९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.१४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५६.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.४३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।