सिटिजन्स बैंकको खुद नाफा ३३ प्रतिशतले बढ्यो

0
Shares

सिटिजन्स  बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पूँजी वृद्धिको अनुपातमा खुद नाफा नबढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.८३ रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.८६रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस २२.६९ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ७१ लाख ३९ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ७.२२ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४४ अर्ब ३१ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब २८ अर्ब २४ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब २० करोड २० लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ९२ करोड ७७ लाख ७१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १२ अर्ब ५७ करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ९२ लाख र शेयरधनी कोषमा १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ६.९७, शेयरधनी कोष १५.९६, निक्षेप संकलन २.६१, कर्जा लगानी ७.८५, खुद ब्याज आम्दानी ४३.२४ र सञ्चालन नाफा २६.५६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात बढेर १.९१ प्रतिशत पुग्दा कोषको लागत ६.०८, आधार ब्याजदर ८.११, स्पेडदर ३.५३, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.३९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५४.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.५५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।