नेपाल एसबिआईको खुद नाफा ८६ प्रतिशतले बढ्यो

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) को खुद नाफा ८५.९९ प्रतिशतले बढेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ३७ करोड २९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ६.७६ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५.७१ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस ८.९५ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । बैंकको शेयरधनी कोषमा कुल ९४ करोड १ लाख ६९ हजार रहेको छ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ८ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ५ अर्ब ८ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ८४ करोड ५४ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ५३ करोड १९ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३७ करोड ९० लाख र शेयरधनी कोषमा ९४ करोड १ लाख ६९ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ७.६३, शेयरधनी कोष ३.७४, निक्षेप संकलन २.३७, कर्जा लगानी ८.५२, खुद ब्याज आम्दानी ४१.२५ र सञ्चालन नाफा ८६.३५ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.२५ प्रतिशत, कोषको लागत ६.१९, आधार ब्याजदर ८.३७, स्पेडदर ३.९४, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७० प्रतिशत, प्रतिशेयर नेटवर्थ १६६.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.२७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।