सेञ्चुरी बैंकको प्रगति सामान्य, खुद नाफा २७ करोड

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा २७ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७१ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १.५९ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२.०६ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १०.४७ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ९० लाख ६४ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ४.३९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले ९४ अर्ब ८९ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन तथा ८४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ६७ करोड १७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ३७ करोड ६६ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ८९ लाख र शेयरधनी कोषमा ६९ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ९.६५, शेयरधनी कोष १६.६२, निक्षेप संकलन १.४९, कर्जा लगानी ७.७१, खुद ब्याज आम्दानी ०.५० र सञ्चालन नाफा २३.७१ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.८८ प्रतिशत, कोषको लागत ६.१७, आधार ब्याजदर ७८.०९, स्पेडदर २.७४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.७० प्रतिशत, प्रतिशेयर नेटवर्थ १२४.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।