धनतेरसको दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

0
Shares

धनतेरसको दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार पनि सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।