कृषि विकास बैंकका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

0
Shares

कृषि विकास बैंक (ADBL) का अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

निरौलाले कात्तिक १० गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कात्तिक १२ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वीकृत भएको बैंक सचिव हिमलाल पौडेलले जानकारी दिए ।

स्रोतका अनुसार सरकारले नै राजीनामा दिन भनेपछि उनले पदबाट राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्र बैंक कार्यकारी निर्देशक समेत भइसकेका निरौला बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।

सरकारको कृषि विकास बैंकमा ५१ प्रतिशत शेयर स्वामित्व रहेका कारण बहुमत स्वामित्वका आधारमा सरकारले अध्यक्षमा आफू निकटस्थलाई नियुक्त गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।