‘छिमेकमा आर्थिक वृद्धि घट्दा नेपालमा रुवाबासी गर्नुपर्दैन, बदनाम गर्न बन्द गरौं’:अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर मुलुकलाई नै बदनाम गर्ने प्रयास भईरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको बताए ।

‘अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले बढेका छन्, रोजगारीका अवसरहरु सृजना भइरहेका छन्, मुलुकको क्षमता बढेको छ । छिमेकमा आर्थिक वृद्धि घट्यो भन्दैमा नेपालमा रुवाबासी गर्नु पर्दैन ।’अर्थमन्त्री खतिवडाले भने ।

भारतको सुस्त आर्थिक वृद्धिले नेपालमाई कुनै प्रभाव नपर्ने उनको भनाई छ । अहिले भारतमा आर्थिक वृद्धिदर ५ वर्षयताकै कमजोर बनेको छ ।यसले भारतको अर्थतन्त्रमा खासै फरक पार्दैन, नेपालमा त्यसको प्रभाव पर्ने गलत तर्क रहेको खतिवडाले बताए । नेपालमा भारतको प्रभाव परिहाल्छ भन्ने गलत बुझाई भएको भन्दै उच्च आर्थिक वृद्धिदर कुनै पनि देशमा निश्चत समय रहने र त्यसपछि विस्तारै कमजोर हुने उनको भनाई छ ।

उनले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्नेहरुल अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाए । मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।

अर्थमन्त्री खतिवडाले पुँजीबजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई निर्देशन समेत दिए।