नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार विभिन्न ४ वटा कम्पनीको ३० लाख ७२ हजार ८३७ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
स्टक एक्सचेञ्जका अनुसार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको १५.५० प्रतिशत बराबरले हुन आउने २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता बोनस सूचीकृत भएको हो ।
यसैगरी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको ४९.४० प्रतिशत बराबरको ३ लाख ९१ हजार २४८ कित्ता बोनस र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बराबरको ३ लाख ७३ हजार २४० कित्ता शेयर सूचीकृत भएको हो ।
यस्तै मंगलबार नै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बराबरको २ लाख ६६ हजार ३३० दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया