लघुवित्त बैंकर्स संघको अध्यक्ष सीईओ रहेको लक्ष्मी लघुवित्तको यस्तो छ प्रगति

0
Shares

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा प्रमुख कार्यकारी अधिकृत रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले अधिकांश सूचकमा सुधार गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा ६८.५३ प्रतिशतले बढेको छ । लघुवित्तको नाफा बढेसँगै इपिएस ५८ रुपैयाँ माथि पुगेको छ ।

लघुवित्तले असोज मसान्तसम्ममा ४ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि १८.५३ ले बढेर ५८.३५ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा ४१ करोड ४ लाख २ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब १६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब १५ करोड २२ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तल १३ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ७ करोड ४१ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत, जगेडा कोष ५१ प्रतिशत, सापटी ४५.८२ प्रतिशत, निक्षेप २७.५७ प्रतिशत, कर्जा ४०.४७ प्रतिशत, खुद ब्याज आम्दानी २०.८२ प्रतिशत, सञ्चालन मुनाफा ६८.५३ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी वृद्धि र अन्य आम्दानी बढ्दा लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.७९ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ २२८.२३ रुपैयाँ, कोषको लागत ७.२४ प्रतिशत र मूल्य आम्दानी अनुपात ३१.७० गुणा छ ।

नेपाल लघुवित्त बैंकर्स संघको कार्तिक ५ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत समेत रहेका शर्मा निर्विरोध चयन भएका थिए । सभाले शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।