सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकक (SADBL) ले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  बैकले मंगलबार विहान १० बजे लैनचौर ब्याङ्क्वेट (लैनचौर, काठमाण्डौ) मा सभा सम्पन्न गरेको हो ।

बैंकले सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको जनाएको छ । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आ.व. ०७७/७८ को वित्तीय विवरण पारित गरी सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको प्रमुख सञ्चालक अधिकृत अपूर्व जाशीले जानकारी दिएका छन् ।

बैंकले देशभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।