सोमबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुन ९० हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।