मनकामना र स्मार्ट लघुवित्त मर्ज भएर मनकामना स्मार्ट लघुवित्त बन्ने

0
Shares

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सहमति भएको छ। सहमति पत्रमा मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरीले हस्ताक्षर गरे ।

मर्जरका लागि स्वाप रेसियो एक बराबर एक हुने तथा सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आए आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने सहमतिमा उल्लेख छ।

दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्ने बताइएको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि संस्थाको कुल पूँजी १२ करोड ५ लाख पुग्नेछ।

मर्जरपछि संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ। नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति भएको छ।