सनराइज बैंकको लाभांश प्रस्ताव

0
Shares

सनराईज बैंक लिमिटेड (SRBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको कार्तिक २२ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

सनराइज बैंकको लाभांश अघिल्लो आवको तुलनामा घटेपछि लगानीकर्ता निराश बनेका छन् । अघिल्लोआव २०७६/७७ बाट बैंकले ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी ८.२८ प्रतिशत लाभांश वितरण गरेकोे थियो । समीक्षा वर्षमा १.२८ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो, यद्यपी बैंकको नगद लाभांश घटेपछि बोनस अनुपात भने अघिल्लो वर्षभन्दा ०.८५ प्रतिशत बढेको छ ।

बैंकले आव २०७७/७८ बाट प्रस्ताव गरेको लाभांश विगत आठ वर्ष यता कै न्यून हो । बैंकले आव २०६७।६८ मा ४ प्रतिशत नगद लाभांश बाँडेयता त्यति थोरै लाभांश वितरण गरेको थिएन ।

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 6.65 0.35 7.00
2 2076/2077 5.80 2.48 8.28
3 2075/2076 10.00 5.80 15.80
4 2074/2075 0.00 11.50 11.50
5 2073/2074 15.00 0.00 15.00
6 2072/2073 33.33 0.00 33.33
7 2071/2072 21.50 1.13 22.63
8 2069/2070 11.00 0.00 11.00
9 2068/2069 0.00 5.26 5.26
10 2067/2068 0.00 4.00 4.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।