उपकार लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ ।
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको लघुवित्तले चालू आवको पहिलो त्रैमासमा ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
गत आवको पहिलो त्रैमासमा २ करोड २६ लाख ७७ हजार नाफा कमाएकोमा कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको हो ।
चुक्ता पूँजी ४ करोड २० लाख रहेको कम्पनीको जगेडा कोषमा १३ करोड १३ लाख ९१ हजार सञ्चित छ ।
लघुवित्त कम्पनीको सञ्चालन नाफा ३ करोड ४३ लाख ऋणात्मक रहेको छ भने पहिलो त्रैमासमा कम्पनीले करोड ९ लाख ३८ हजार खराब कर्जा उठाएको छ । खराब कर्जा उठाएपछि नाफा धनात्मक बनेको हो ।
कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया