मुक्तिनाथ क्यापिटले चुक्तापूँजी दोब्बर बनाउने, संस्थागत परामर्शदाता सेवा पनि संचालन गर्ने

0
Shares

मुक्तिनाथ क्यापिटलको विशेष साधारणले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

कात्तिक २३ गते कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पूँजी वृद्धि भई ४० करोड ५० लाख पुग्नेछ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ ।

त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।