मेगा बैंकको लाभांश घट्यो, १ अर्ब ७७ करोडको बोनस बाँड्दै

0
Shares

मेगा बैंक लिमिटेड (MEGA) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब १ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंगलबार ( कार्तिक २३ गते) सम्पन्न सञ्चालक समितिको ३४२ औं बैठकले सञ्चित मुनाफा र शेयर प्रिमियम कोष समेतबाट गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आव २०७६/७७ बाट बैंकले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद गरि कूल १३.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बैंकको प्रस्तावित लाभांश ०.९८ प्रतिशत कम हो । यद्यपी बैंकको लाभांश अघिल्लो आवको तुलनामा कम भएपनि नगद लाभांश हटेर बोनस लाभांश भने २.०७ प्रतिशत बढेको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७।७८ को प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ रुपैयाँ रहेको छ । प्रस्तावित १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड ३८ लाख १९ हजार २२८ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।