प्राइम लाइफ इन्स्योरेन्सले आह्वान गर्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चौधौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको १४९ औं बैठकले मंसिर १९ गते आइतबार सभा आह्वान गरेको हो ।

सभा दिएँसो २ बजे अग्रवाल भवन, कमलपोखरी काठमाण्डौमा सञ्चालन गरिने भएको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजीम आ.व.२०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर ०.८७ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।

यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधरण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरी ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, कम्पनीको हाल कायम रहेको अधिकृत पूँजी वृद्धि गरि ५ अर्ब कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम रहेका लगानीकर्ताहरूले मात्र उक्त लाभांश पाउनेछन् भने साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।