प्रि-ओपनिङ्गमा नेप्से सामान्य बढ्याे, ४३ लाखको शेयर कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ ।

यस अवधिमा नेप्से ०.१७ अंकले बढेर २७५०.०३ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ ।

कारोबारमा आएका २५ मध्ये १० कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको नै शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २५ कम्पनीका ७ हजार ८६३ कित्ता शेयर १६४ वटा कारोबारबाट ४३ लाख २८ हजार ४४५ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।